विश्वकप क्वालिफायर तयारीका लागि सन्दिपको अफ्रिका यात्रा अन्यौलमा
काठमाडौं । जिम्बावेमा हुने विश्वकप क्वालिफायरको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टीम मंगलबार बेलुकी दक्षिण अफ्रिकातर्फ प्रस्थान गर्दैछ । तर, टीमका प्रमुख खेलाडी सन्दीप लामिछाने दक्षिण अफ्रिका जाने वा नजाने अझै टुंगो लाग्न सकेको छैन । जिल्ला अदालतमा विचाराधीन मुद्दामा एकपछि अर्को सुनवाई स्थगित हुँदा सन्दीपको दक्षिण अफ्रिका र जिम्वावे भ्रमण अन्योलमा परेको हो । फैसलाको चरणमा पुगे पनि जिल्ला अदालतका न्यायाधीशहरुले विभिन्न बहानामा लगातार पेशी सारिरहेका छन् ।
पछिल्लोपटक गत आइतबारका लागि तोकिएको पेशीमा न्यायाधीसले पहिले आइसकेका कागजातहरु फेरि दोहोर्याएर पेश गर्न आदेश दिँदै सुनवाई स्थगित गरे । अर्को पेशी आगामी मंगलबारलाई तोकिएको छ । अदालतमा मुद्दाको सुनवाई र फैसलामा अनावश्यक बिलम्ब हुँदा सन्दीप निराश बन्दै गएको निकटस्थ स्रोतले बतायो । मंगलबारको सुनवाई समेत स्थगित भएको खण्डमा उनी दक्षिण अफ्रिका नजाने मनस्थितिमा रहेको स्रोतको दाबी छ । हिजो नेपाल क्रिकेट संघ ९क्यान० का पदाधिकारीसँग भएको छलफलमा पनि उनले आफ्नो गुनासो राखेका थिए ।
‘मुद्दा किनारा नलाग्दा निरन्तर मानसिक दवाव र तनावका बीच मैदानमा पफर्मेन्स गर्न गाह्रो हुन्छ,’ सन्दीपको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । क्यानले भने सन्दीपलाई जसरी पनि दक्षिण अफ्रिका लैजानका लागि प्रयास गरिरहेको छ । क्यानका प्रवक्ता दुर्गाराज पाठकले सन्दीप नेपाली टिमको अत्यन्त महत्वपूर्ण खेलाडी भएकाले उनलाई टिममा छुटाउँदा महंगो पर्न सक्ने बताए ।
‘हाम्रोतर्फबाट सबै पहलहरू भइरहेका छन्, आशा छ कि उनी दक्षिण अफ्रिका र जिम्बाबेको भ्रमणमा जाने टिममा हुनेछन्,’ उनले भने । तर, धेरै कुरा मंगलबारको पेशीमा निर्भर रहने देखिएको छ । यदि त्यस दिन सुनवाई अघि बढ्यो भने सन्दीप नेपाली टीममा उपलब्ध हुनेछन् । भएन भने उनलाई दक्षिण अफ्रिका नजान कानूनी टीमले पनि सल्लाह दिएको छ ।
फौजदारी मुद्दामा पेशीको २१ दिनभित्र अदालतमा आरोपी आफैं उपस्थित भएर तारेख बुझ्नुपर्ने हुन्छ । अन्यथा अदालतमा राखेको धरौटी जफत हुने प्रावधान छ । सन्दीप २० लाख रुपैयाँ धरौटी राखेर छुटेका हुन् । दक्षिण अफ्रिका र जिम्बाबेको भ्रमण झण्डै डेढ महिनाको छ । डेढ महिनासम्म अदालतमा उपस्थित नहुँदा २० लाख धरौटी जफत हुने भएकाले प्राविधिक कठिनाइ भएको हो ।
सन्दीपका तर्फबाट बहस गरिरहेका अधिवक्ता सरोज घिमिरेले सन्दीपको दक्षिण अफ्रिका जाने वा नजानेबारे मंगलबार नै निधो हुने बताए । ‘मंगलबार पनि सुनवाई भएन भने हामीले दक्षिण अफ्रिका नजान उहाँलाई सुझाव दिएका छौं,’ उनले भने, ‘विदेशबाट २१–२१ दिनमा नेपाल फर्किएर अदालत हाजिर हुने कुरा अव्यवहारिक हुनुका साथै यसले अनावश्यक मानसिक दवाव मात्रै थपिन्छ ।’ दोस्रो विकल्प भनेको सन्दीप दक्षिण अफ्रिका नगएर सिधै जिम्बाबे जाने हो । जिम्बाबेमा हुने विश्वकपको ग्लोबल क्वालिफायरमा नेपालको पहिलो अभ्यास खेल ३० जेठमा छ ।
Comments
अरु समाचार
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी आमनेसामने हुँदै
काठमाडौं । काठमाडौंमा जारी जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदै छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
-
एसिसी यु–१९ एसिया कपमा आज श्रीलंकासँग भिड्दै नेपाल !
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा आज नेपालले श्रीलंकासँग खेल्दैछ । खेल द...
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
एनपीएलमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै !
काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई...
-
एनपिएलमा पहिलो क्वालिफायरः सुदूरपश्चिम र विराटनगरबिच प्रतिस्पर्धा गर्दै !
काठमाडौँ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरको खेल...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
एनपिएलमा आज कर्णाली र जनकपुर भिड्दै !
काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम...












