ताजा समाचार

आजको राशिफल: २०८० साल जेठ १४ गते आइतवार

मेष राशी :  नयाँ बस्तु तथा बिचारको सृजना हुनसक्छ, महत्त्वपूर्ण कार्यमा थप जिम्मेवारी आउनसक्छ, मान सम्मान तथा प्रतिष्ठामा वृद्धि होला।

वृष राशी : गर्न  खोजेको काम ठिक बिपरित होला, कुनै पनि समय शत्रुहरु सक्रिय रहलान, तर पनि हजुरको धैर्यता र साहसले धेरै नोक्सानी हुन दिनेछैन।

मिथुन राशी: धेरै राम्रो समय आएको छ, सरकारी काम कार्यमा सफलता होला, पद प्रतिष्ठा तथा मान सम्मान प्राप्त होला, सामाजिक सेवा गर्ने अवसर प्राप्त होला।

कर्कट राशी: अकस्मात धन प्राप्त हुने योग छ, आज कुनै बिशिस्ट काॠ तथा लेनदेन हुनसक्छ, तर मध्याह्न तिर भने चोटपटक लाग्न सक्छ। हिड्डुल गर्दा सावधानी अपनाउनु होला।

सिंह राशी : पराक्रम तथा साहस देखेर डाह गर्ने हरु पनि कमि हुनेछैन, दाजुभाइ तथा ईष्टमित्रको साथ र सहयोगले कुनै पनि कार्य गर्न सहज हुनेछ, मिष्टान्न भोजनको पनि अवसर आउला।

कन्या राशी : सरकारी कामकाजमा सहयोग पाईएला, पशु चौपायाबाट फाइदा होला, आमा तथा पृयजनसँग रमाइलो भेटघाट होला। आजको दिन गणेशको आराधना गरे राम्रो हुनेछ ।

तुला राशी : पठनपाठन तथा शैक्षिक कार्यमा प्रगति होला, मनले आटेका कार्य पूरा हुनाले मन हर्षित रहला, आजको दिन सन्तान पक्षबाट सुख प्राप्त होला।

वृश्चिक राशी : मध्यम रहेको छ , कुनै नयाँ कार्यको सुरुवात भए पनि खुट्टा तान्नेहरुको पनि कमि हुनेछैन, शत्रु तथा ऋणमा वृद्धि होलान्, साबधान रहनुहोला।

धनु राशी : पत्नी तथा स्त्रीको सहयोगले आजको दिन रमाइलो हुनेछ, आज कुनै पनि रमणीय ठाँउको भ्रमण हुनसक्छ , तर मध्याह्न तिरबाट भने समय प्रतिकुल रहनेछ।

मकर राशी : कुकुर तथा पशुचौपायाको भय रहनेछ, रक्त बिकार तथा वायु सम्बन्धि रोगले सताउनसक्छ, आजको दिन गरिव तथा दुखीलाई भोजन गराउदा राम्रो होला।

कुम्भ राशी : सुनौला अवसरहरु लिएर आउनेछ, भाग्योदयको समय भएकोले कुनै नयाँ कार्यको थालनी हुनसक्छ। आजको दिन बच्चालाई मिठाइ खुवाएर शुरु गर्दा राम्रो होला।

मीन राशी : राज्यपक्षको सहयोगबाट महत्त्वपूर्ण कार्य बन्नसक्छ, तर दिउँसोबाट भने लेनदेनको कार्यमा अनावश्यक विवाद हुनसक्छ, विवेक तथा बुद्धिले काम लिनुहोला।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org