ताजा समाचार

नक्कली शरणार्थी प्रकरणः इन्द्रजित राईद्वारा न्यायाधीशसमक्ष बयान दिन आनाकानी

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका योजनाकार मध्येका एक इन्द्रजित राईले न्यायधीस समक्ष वयान दिन आनाकानी गरेका छन ।

राईले स्वास्थ अवस्था ठिक नभएको दाबी गर्दै वयान दिन आनाकानी गरेका हुन ।

अहिले  उनी अदालतमै आफ्ना वकिलसँग छलफलमा जुटेका छन् । राईले स्वास्थ्य ठीक भएमा ‘टि–ब्रेक’ पछि आफूले बयान दिने बताएका छन् ।

यसअघि शुक्रबार  सागर राई र केशवप्रसाद दुलालको लिइएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् ।

गत बुधबार उनीहरूविरुद्ध ठगी, सरकारी लिखत किर्ते, राष्ट्रियताविरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको थियो ।

कुल ३० जनालाई प्रतिवादी बनाइएको मुद्दामा १३ जना अझै फरार छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org