ताजा समाचार

राष्ट्रपतिले आममाफी दिएपछि रेशम चौधरी जेलमुक्त

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी जेलमुक्त भएका छन् ।

अहिले बिहान उनी रिहा भएका हुन् । कैलालीको टीकापुर ‘नरसंहार’का मुख्य योजनाकार मानिएका चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि आज बिहान रिहा भएका हुन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई रिहा गर्ने निर्णय गरेको थियो ।

उनले पाँच वर्ष तीन महिना जेलसजाय काटेका थिए । उनले अब बाँकी १४ वर्ष ९ महिना जेल सजाय छुट भएको छ ।

उनको स्वागतका लागि श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी, नेतृ एलिजा गौतमसहित पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकहरू डिल्लीबजार कारागार पुगेका थिए । उनीहरूले रेशमलाई फूलमालाले स्वागत गरेका छन् ।

उनको स्वागतका लागि आज बिहानैदेखि डिल्लीबजार कारागारमा नेता, कार्यकर्ताको भीड लागेको थियो । तर, सामाजिक सञ्जालमा भने सरकारले यस निर्णयको चौतर्फी विरोध भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org