ताजा समाचार

जेलबाट छुटे लगत्तै प्रधानमन्त्रीलाई भेटेर धन्यवाद दिए रेशम चौधरीले

काठमाडौँ।नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले जेलबाट रिहा भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन्।

सोमबार जेलबाट रिहा भएलगत्तै उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्रीसँग भेट गरेका हुन्।

चौधरी निकट स्रोतका अनुसार भेटमा प्रधानमन्त्री र चौधरीबीच गणतन्त्र दिवसको शुभकामना आदान-प्रदान भएको थियो।

स्रोतले भन्यो,  ‘जेलबाट रिहा भएपछि गृहजिल्ला कैलाली जानुअघि चौधरी केही नेतासहित प्रधानमन्त्रीलाई भेट्न जानुभएको हो। भेटमा गणतन्त्र दिवसको धन्यवाद र शुभकामना आदान-प्रदान भयो।’

जेलबाट रिहा भएपछि कैलाली जान हिँडेका चाैधरी माइतीघर मण्डलामा आफ्ना समर्थकलाई सम्बोधन नगरी विमानस्थल हिडेका थिए। तर उनी विमानस्थलबाट बालुवाटार नपुग्दै श्रीमतीसमेत रहेकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीको गाडीमा प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगेका हुन्।

प्रधानमन्त्रीसँगको भेटपछि चौधरी कैलाली पुगेका छन्। साथमा श्रीमती रन्जिता श्रेष्ठ, पार्टीका अन्य नेता कार्यकर्ता र शुभेच्छुक पनि छन्।

यसअघि जेलबाट रिहा भएसँगै सोमबार बिहानै रेशम पुल्चोकस्थित मन्त्री क्वाटर पुगेका थिए। गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट रेशमले आममाफी पाएका हुन्।

टीकापुर हत्याकाण्डमा अदालतबाट दोषी ठहर भई रेशमले जेल जीवन बिताइरहेका थिए। गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति पौडेलले ५०१ जना सजायमा माफी मिनाहा दिएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org