ताजा समाचार

ओलीलाई बजेट मन परेन, समाधान नदिने प्रतिक्रिया

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटले मुलुकको आर्थिक समस्याको समाधान नदिने बताउनु भएको छ । सोमबार बजेट सार्वजनिक भएपछि संसद भवनमा संक्षिप्त प्रतिक्रिया दिदै ओलीले यस्तो बताउनु भएको हो ।

उहाँले बजेटले संकट दर्शाएको भएपनि संकटको समाधान केही पनि नदिने बताउनु भयो । उहाँले बजेटका बारेमा विस्तृत रुपमा पछि धारणा सार्वजनिक गर्ने उल्लेख गर्नु भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org