ताजा समाचार

भारतको बथनाहाबाट विराटनगर आउन तयार कार्गो रेल

काठमाडाैँ । आज विराटनगरमा पहिलो पटक कार्गो रेल आउँदैछ।

भारतको बथनाहाबाट कार्गो रेल पहिलोपटक विराटनगर आउन लागेको हो।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका समकक्षी नरेन्द्र मोदीले आज संयुक्त रूपमा उद्घाटन गरेपछि बथनाहाबाट कार्गो रेल विराटनगरका लागि प्रस्थान गर्नेछ।

बथनाहामा अहिले उक्त रेल साजसजावटसहित तयारी अवस्थामा राखिएको छ।

रेल विराटनगर भन्सारको कस्टम यार्डसम्म आउनेछ।

रेलको लिक परीक्षण सफल भएको चार वर्षपछि  विराटनगरमा रेल आउन लागेको हो।

बथनाह – कटहरी  रेलमार्ग निर्माण गर्ने क्रममा कटहरी गाउँपालिका १ मा  जग्गाको मुआब्जा विवादका कारण काम रोकिएको छ।

बथनाहादेखि विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आइसिपी)सम्मको ७ दशमलव ६ किलोमिटर रेलमार्ग भने सञ्चालनका लागि योग्य छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org