ताजा समाचार

चुडामणि शर्मा र दुई पदाधिकारीविरुद्धको भ्रष्टाचार मुद्दामा सबैलाई दोषी ठहर

काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोगका तत्कालीन सहसचिव चुडामणि शर्मा र दुई पदाधिकारीविरुद्धको भ्रष्टाचार मुद्दामा सबैलाई दोषी ठहर गरेको छ । शर्मासहित आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल दोषि ठहरिएका हुन् ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले बिहीवार गरेको फैसलामा आयोगमार्फत व्यापारीहरुलाई कर छुट दिँदा भ्रष्टाचार गरेको ठहर्याएको छ । उनीहरुको सजाय निर्धारणका लागि २५ गते पेशी तोकिएको छ ।गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा भने चुडामणीले सफाइ पाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org