ताजा समाचार

सिटिइभिटीको गाडी सुनकोसीमा खस्यो, तीन कर्मचारी बेपत्ता

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को एउटा गाडी (जीप) सुनकोसी नदीमा खस्दा तीनजना बेपत्ता भएका छन् ।

शुक्रबार दिउँसो करिब साढे १२ बजे सिन्धुलीको खुर्कोटस्थित नदीमा गाडी खसेको हो ।

नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतका अनुसार गाडीमा चालकबाहेक सीटीईभीटीका निर्देशक कृष्णबहादुर केसी, सीटीईभीटीकै योजना महाशाखाका प्रमुख यमप्रसाद भुर्तेल र सीटीईभीटीकै विद्युत् प्रशिक्षक भानु पौडेल सवार थिए । तीनै कर्मचारीको अवस्था अज्ञात छ ।

ती कर्मचारीको खोजी जारी छ । उनीहरू भक्तपुरबाट खोटाङतर्फ जाँदै थिए । गाडी नदीमा डुबेको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गाडीका चालक पौडिएर खोलाबाहिर निस्किएका थिए । अहिले स्थानीय अस्पतालमा उनको उपचार भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org