ताजा समाचार

आजको राशिफल: २०८० साल जेठ २२ गते सोमवार

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कुनै कार्य गर्दा हतार नगर्नु होस । पारिवारिक शान्तिको लागी हनुमान अष्टका पाठ गर्नु शुभ हुनेछ ।पुरानो मित्र सँग सम्बन्ध खराब हुन सक्छ ।खर्चलाई नियन्त्रण गर्ने प्रयास गर्नु होस ।

वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)  : रोकिएको कार्य पुरा हुनेछ, रातो वस्त्र पहिरहनु शुभ हुनेछ । अचानक धनलाभ हुन सक्छ ।परिवारको साथ रमाइलो समय व्यतित हुनेछ ।

मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा)  : लगानी गर्नको लागी शुभ समय छ ।बृद्दा आश्रममा खाना खुवाउनु शुभ हुनेछ । सामजिक कार्यमा सहभागिता रहनेछ ।ख्याती बढ्ला ।

कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सहयोगले काममा सफलता प्राप्त होला । स्वास्थ्य राम्रो रहनेछ । आम्दानी बढ्नेछ ।

सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : मानसिक स्वास्थ्यको ख्याल राख्नु होला ।आध्यात्मिकमार्ग समस्या दुर गर्न सहयोगी बन्नेछ ।आज शेयर बजारमा लगानी गर्दै हुनुहुन्छ भने नोक्सान हुन सक्छ ।

कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)  : परिवारसँग समय बिताउदा खुशी प्राप्त हुनेछ ।आर्थिक अभाबका कारण चिन्ता पर्ने देखिन्छ ।नयाँ कार्य गर्दै हुनुहुन्छ भने साबधानी अपनाउनु होला ।प्रेमि(प्रेमिकाबिच दुरी बढ्ने छ ।

तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) : बनिसकेको काम बिग्रन सक्ला ।आर्थिक हानिको सम्भावना देखिन्छ ।नयाँ योजना बनाउदा संयमता अपानाउनु होला ।

वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : शारिरिक ब्यायम र कसरतका कारण व्यक्तित्व सुन्दर देखिनेछ । दिर्घकालीन लगानी गर्दा फाइदा मिल्नेछ ।

धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) : अरुको आलोचना गरेर समय खर्च नगर्नुहोला ।आर्थिक सुधारको योग बनेको छ ।पुरानो मित्रको याद आउने छ ।कार्यक्षेत्रमा तपाईंको सकारात्मक परिवर्तन देखिने छ ।

मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)  : जिम्मेवारी बढ्ने छ ।पुरानो लगानिबाट धन प्राप्त होला, कुनै कार्यक्रममा निमंत्रणा आउन सक्छ ।सामजिक दुरी कायम गर्नु होला ।

कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा)  : आज तपाईंको स्वास्थ्य स्थिती मजबुत रहनेछ ।मित्रहरुसँग भेटघाटको कार्यक्रम बन्नेछ ।भाइबहिनी प्रती प्रेम बढ्ला ।कार्यक्षेत्रमा कुशलता प्रस्तुत गर्नु हुनेछ ।

मीन राशी :(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) : महत्वपूर्णकाम नपरी घर बाहिर नजानु होला । मनमा चिन्ता पर्ला । पुरानो ॠण चुक्ता हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org