ताजा समाचार

प्रतितोला ९ सय रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डौं । सुनचाँदीको भाउ आज मङ्गलवार बढेको छ । आज सुनको भाउ तोलामा नौ सय रुपैयाँले बढेको हो । हिजो सोमवार तोलामा एक लाख ११ हजार छ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १२ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । तोलामा पाँच रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org