ताजा समाचार

कोसी प्रदेश सरकार छाड्ने माओवादीको निर्णय

विराटनगर । नेकपा (माओवादी केन्द्र)को कोसी प्रदेश कमिटीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

माओवादी केन्द्र प्रदेश कमिटी र कोसी प्रदेश संसदीय दलका पदाधिकारीसहितको बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।

विराटनगरमा सम्पन्न बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको माओवादी केन्द्र प्रदेश कमिटी सचिव तथा प्रदेशसभा सदस्य गणेश उप्रेतीले बताए ।

अब यो निर्णय संसदीय दलबाट अनुमोदन भएपछि माओवादीका तर्फबाट सरकारमा रहेका दुई मन्त्रीले राजीनामा दिनेछन् ।

एमालेका हिक्मत कार्कीको नेतृत्वमा गत पुस २४ गते सरकार गठन भएको थियो । सरकारलाई एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाको एक सांसदको समर्थन थियो । जसपाले समर्थन फिर्ता लिइसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org