ताजा समाचार

आजको राशिफल :२०८० साल जेठ २४ गते बुधवार

मेष:  मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ ।

मिथुन: वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला । रचनात्मक काममा जुट्ने समय छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।

सिंह:   समाजसेवामा मन लाग्नेछ । पुरानो र रोकिएको काम दोहोर्याएर गर्दा सफलता मिल्नसक्छ ।शेयर बजारमा गरेको लगानीले राम्रो प्रतिफल देला ।

तुला: आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सन्तान सुख पनि मिल्नेछ ।रमाइलो यात्रा रहला । आकस्मिक धन लाभ हुनेछ ।

धनु : साथीभाइबाट सहयोग लिने समय छ । नयाँ काम सुरु गर्ने समय छ ।जोशजाँगर र उमंग बढ्ला । आर्थिक कारोबारमा सफलता पाइएला ।

कुम्भ : रोकिएका काम पुनः सुरु हुन सक्छन् । श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्‍तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

वृष : गरेको कार्यमा अवरोध आउला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।:सन्तान पक्षको मायामा कमी आउनेछ । सहकर्मीबाट विरोध आउला ।

कर्कट: मेहनतीहरूका लागि दिन बढी फलदायी रहनेछ ।उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । वैदेशिक र घरजग्गाको कारोबारमा सफलता मिल्नेछ ।

कन्या : सङ्कटको सामना गर्दै उपलब्धि हासिल गर्नु पर्नेछ ।ताकेका काममा बाधा हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुनेछैन ।

वृश्चिक :रोकिएको धन हात पर्ला । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ व्यक्ति सँग भेटघाट हुनेछ ।

मकर : काममा ढिलासुस्ती हुनेछ, तर आफन्तले सहयोग गर्नेछन् ।दबाब र तनाव बढेको महसुस हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।

मीन:परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । आर्थिक लाभ पनि हुनेछ । विद्याको विकास हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org