ताजा समाचार

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्ने

काठमाडौँ । राष्ट्रियसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने भएका छन्।

आज बुधबार बिहान ११:११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने तयारी रहेको सचिवालयले जनाएको छ।

उक्त बैठकमा प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणबारे जानकारी गराउने छन्।

यस्तै, नागरिकता विधेयक लगायत सांसदहरुले उठाएका समसामयिक विषयबारे जवाफ दिनेछन्। यसअघि मंगलबार बस्ने भनिएको राष्ट्रिय सभाको बैठक विशेष कारणले भन्दै बुधबारका लागि सारिएको थियो।

बुधबारको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको अनुमान (बजेट)माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची पनि छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org