नक्कली भुटानी शरणार्थी प्रकरण : आजबाट अभियुक्त पक्षको बहस
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज (बुधबार) बाट अभियुक्त पक्षको बहस हुने भएको छ ।
मंगलबार काठमाडौं जिल्ला अदालतमा थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस सकिएसँगै आजबाट अभियुक्त पक्षका वकिलहरूले बहस शुरु गर्न लागेका हुन् ।
अभियुक्त पक्षको बहसका लागि पूर्व महान्यायाधिवक्तादेखि नेपाल बार एशोसियसनका बहालवाला अध्यक्ष तथा पूर्व अध्यक्षहरूले नाम टिपाएका छन् । यस प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृण खाँणका पक्षबाट तीन जना पूर्व महान्यायाधिवक्ता, नेपाल बारका अध्यक्ष र नेपाल बारका दुई पूर्व अध्यक्षले बहस गर्नेछन् ।
पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खाती, महादेव यादव र हरिहर दाहालले बहस गर्ने छन् भने बारका वर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्व अध्यक्ष शेरबहादुर केसी र प्रेमबहादुर खड्का, अधिवक्ता योगेन्द्र अधिकारी र पुरुषोत्तम अर्यालसहित २४ जना कानुन व्यवसायीहरुले खाँणको तर्फबाट बहस गर्न नाम टिपाएका छन् ।
यस्तै पूर्वमन्त्री टोपबहादुर रायमाझीको तर्फबाट ११ जना, केशव दुलालको तर्फबाट ७ जना, टेकनारायण पाण्डेको तर्फबाट पाँच जना कानुन व्यवसायीले बहसको लागि नाम टिपाएका छन् भने सन्दीप रायमाझीको तर्फबाट चार जना, इन्द्रजित राईको तर्फबाट चार जना, नरेन्द्र केसीको तर्फबाट तीन जना, गोविन्द चौधरीको तर्फबाट तीन जना, हरिभक्त महर्जनका तर्फबाट दुई जना, आङटावा शेर्पाको तर्फबाट दुई जना र समशेर मियाँको तर्फबाट एक जना वकिलले नाम टिपाएको बताइएको छ ।
थुनछेक बहस जेठ ३१ गतेसम्म जारी रहने छ । त्यसपछि उनीहरूलाई धरौटीमा छाड्ने की थुनामै राख्ने भन्ने निर्णय अदालतले लिनेछ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पक्राउ परेका १८ जनासहित फरार रहेका ३० जनालाई संगठित अपराध, कीर्ते, ठगी तथा राज्य विरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला अदालत काठमाडौंमा गत जेठ १० गते मुद्दा दायर गरेको थियो ।
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...