ताजा समाचार

मन्त्रिपरिषद्‍द्वारा मेयर बालेन शाहको बेल्जियम भ्रमण स्वीकृत

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको बेल्जियम भ्रमणलाई स्वीकृति प्रदान गरेको छ ।

सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले आगामी जेठ २९ देखि ३२ सम्म बेल्जियमको ब्रसेल्समा आयोजना हुने मेट्रो पुलिस वर्ल्ड कङ्ग्रेस र अर्बन समिटमा शाहलाई भाग लिनका लागि बैठकले स्वीकृति प्रदान गरेको जानकारी दिइन् ।

त्यसैगरी विद्युतीय व्यापारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसदमा पेस गर्नको निम्ति मन्त्रिपरिषद्ले स्वीकृति दिएको उनले बताइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org