ताजा समाचार

संसद्‌का दुवै सदनमा आज पनि बजेटमाथिको छलफल जारी

काठमाडौँ । संघीय संसदअन्तर्गतका दुवै सदनमा बिहीबार पनि आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका बारेमा छलफल जारी रहने भएका छ।

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभामा गत सोमबारदेखि र राष्ट्रियसभामा हिजो बुधबारदेखि सुरू भएको बजेटमाथिको सामान्य छलफल आजपनि जारी रहनेछ।

उक्त छलफलका लागि दुवै सदनको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ।

दुवै सदनमा सत्तापक्षका सांसदले बजेटको समर्थनमा र प्रतिपक्षी सांसदले विरोधमा धारणा राख्ने गरेका छन्।

कतिपय सांसदले भने बजेटको कार्यान्वयनमा आशंका गर्दै मिश्रित प्रतिक्रिया दिने गरेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org