ताजा समाचार

शरणार्थी प्रकरणको सुनुवाइ चलिरहँदा कामु प्रधानन्यायाधीश पुगे जिल्ला अदालत

काठमाडौँ । नक्कली शरणार्थी प्ररकणको सुनुवाइ चलिरहँदा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की काठमाडौँ जिल्ला अदालत पुगेका छन् । बिहीबार कार्की जिल्ला अदालत काठमाडौँको पाँचौ तलामा पुगेर न्यायाधीशहरुसँग मिटिङ गरेका हुन् ।

अदालतको दैनिक प्रशासिनक विषयमा आवश्यक जानकारी र ब्रिफिङका लागि कार्की अदालत पुगेको बताइएको छ ।

‘कामु प्रधानन्यायाधीशज्यू अदालतमा आएक छन् र अदालतसँग सम्बन्धित ब्रिफिङ बैठकमा सहभागी भएका छन्। बैठकमा न्यायाधीश न्यौपानेबाहेकका सबै न्यायाधीश सहभागी छन्’, अदालत स्रोतले भन्यो । शरणार्थी प्रकरणको सनुवाइ जारी रहेकाले न्यायाधीश प्रेमप्रसाद न्यौपाने भने मिटिङमा सहभागी भएनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org