ताजा समाचार

पत्रकार महासंघको सदस्यता शुद्धिकरण लागी मापदण्डको प्रभावकारी कार्यान्वयन हुनुपर्छः अध्यक्ष वस्नेत

मापदण्डको प्रभावकारी कार्यान्वयन लागी प्रेस चाैतारीले तोक्यो ४ कमाण्डर

काठमाडौं । पत्रकार महासंघको सदस्यता शुद्धिकरण मापदण्ड प्रभावकारी रुपमा कार्यान्वयन लागी प्रेस चौतारी नेपालले माग गरेको छ ।

पत्रकार महासंघको सदस्यता शुद्धिकरणमा प्रभावकारी र व्यवस्थित बनाउन मापदण्डको प्रभावकारी कार्यान्वयन हुनुपर्ने प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले बताएका छन ।

नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण र नयाँ सदस्यता दिने काम नेपाल पत्रकार महासंघले जारी गरेको मापदण्ड अनुसार जस्ताको तस्तै कार्यान्वयन हुनुपर्छ भन्ने प्रेस चौतारी नेपालको निर्णय कार्यान्वयनका लागि चार उपाध्यक्षलाई जिम्मेवारी तोकिएको छ बस्नेतले जानकारी दिए । जसको लागि उपत्यका, प्रतिष्ठान र एशोसियट प्रदेशमा गणेश पाण्डेलाई जिम्मेवारी दिइएको छ ।

निर्णय कार्यान्वयनको लागि सहयोग, सहजीकरण र दबाब सिर्जनाको लागि कोसी, लुम्बिनी र गण्डकी प्रदेशमा सविन प्रियाशन चौधरीलाई जिम्मेवारी दिएको बस्नेतले जानकारी दिए । यसैगरी कर्णाली, सुदूरपश्चिम प्रदेश हेर्न राजेश राईलाई जिम्मेवारी दिइएको छ । मधेस प्रदेश र वाग्मती प्रदेशमा चौतारीले उपाध्यक्ष देवीका जिएम गुरुङलाई तोकिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org