ताजा समाचार

एक महिनामा विद्युतीय भुक्तानीबाट ३९ खर्बको कारोबार

काठमाडौं । क्यूआर भुक्तानी प्रणालीमार्फत अप्रिल र मे मा २६ अर्ब ५ करोड रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो महिना मार्च–अप्रिलमा क्यूआर भुक्तानी प्रणालीमार्फत करिब २२ अर्ब ८९ करोड रुपैयाँको कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको पछिल्लो आर्थिक र वित्तीय स्थितको तथ्यांक अनुसार अप्रिल–मे मा मोबाइल बैंकिङ प्रणालीबाट करिब २ खर्ब १० अर्ब रुपैयाँको कारोबार भएको छ । गत महिना २ खर्ब ७ अर्ब रुपैयाँ बराबरको कारोबार मोबाइल बैंकिङबाट भएको थियो ।

यस्तै अप्रिल–मेमा इन्टरनेट बैंकिङबाट १३ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको छ । अघिल्लो महिना मार्च–अप्रिलमा भने इन्टरनेट बैंकिङबाट १३ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएको छ ।

यस्तै कनेक्ट आईपीएसमार्फत अप्रिल–मेमा करिब ३ खर्ब ५९ अर्ब रुपैयाँको कारोबार भएको छ । मार्च–अप्रिलमा करिब ३ खर्ब ८० अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यी बाहेक डेबिट, क्रेडिट र एटीएम कार्ड एवं अन्य १५ किसिमका विद्युतीय भुक्तानी प्रणालीबाट गत महिना करिब ३८ खर्ब ८२ अर्ब रुपैयाँको कारोबार भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org