उपचार प्रभावकारी बनाउन अस्पताललाई मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई गर्मीयाम बढेसँगै उपचार सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आज सङ्घ, प्रदेश र स्थानीय स्तरका अस्पतालमा परिपत्र जारी गर्दै बिरामीको उपचारका लागि विशेषज्ञ चिकित्सकसहितको प्रभावकारी उपचार सेवा प्रदान गर्न चौबिसै घन्टा स्वास्थ्यकर्मी परिचालन गर्न अनुरोध गर्नुभएको हो ।
गर्मीयाम बढेसँगै तराई क्षेत्रलगायत मध्यपहाडी जिल्लामा सर्पदंशबाट हुन सक्ने क्षति, आगलागी, पखाला, उच्च ज्वरोजस्ता रोग एवम् विपद्जन्य अवस्थामा तत्कालै बिरामीलाई उपचार सेवा पुय्याउनुपर्ने भएकाले अस्पताललाई आवश्यकताअनुसारको उपचार (औषधि, स्वास्थ्य उपकरण, वातावरणअनुकूल सहितका उपचार कक्ष) तयारी अवस्थामा राख्नसमेत परिपत्रमा भनिएको छ ।
मन्त्रालयले अस्पताललाई रोग तथा विपद्जन्य अवस्था हुनबाट पूर्वसतर्कता अपनाउन स्थानीय रेडियो, एफएम पत्रपत्रिकामार्फत सूचना सम्प्रेषण गर्नसमेत सुझाएको छ ।
पत्रमा भनिएको छ, ‘केही दिनअघि स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको स्थलगत निरीक्षणका क्रममा अस्पतालमा स्वच्छ पिउने पानी तथा उपयुक्त सरसफाइ तथा सङ्क्रमण हुनबाट सुरक्षित गर्न तापक्रम व्यवस्थापनको अभाव भएको पाइएकाले शल्यक्रियापश्चात् तथा अन्य ठूला चोटपटक भएका बिरामीका लागि तापक्रमको व्यवस्थापन गर्नाका साथै स्वच्छ पिउने पानी र अस्पतालको सरसफाइलाई व्यवस्थित गर्नहुनु अनुरोध गरिन्छ ।’
Comments
अरु समाचार
-
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
काठमाडौं । लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ । दोर्दी गाउँपालिकास्थित किसेदि खोलामा करेन्ट लगाएर...
-
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷८१...
-
प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा...
-
भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र
काठमाडौं । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए । यात्रा गर्नेहरुले कतिपय ठाउँमा बसबाट झरेर सडक पार गर्नुपर्ने...
-
भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र
काठमाडौं । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए । यात्रा गर्नेहरुले कतिपय ठाउँमा बसबाट झरेर सडक पार गर्नुपर्ने...
-
डोको बोकेर दौडिने प्रतियोगितामा फक्ताङ्लुङका कार्की प्रथम
काठमाडौं । यहाँ जारी ताप्लेजुङ पर्यटन महोत्सवअन्तर्गत आज भएको डोको क्यारी रन (डोको बोकेर दौडिने) प्रतियोगितामा फक्ताङ्लुङ गाउँपालिकाका–२ का छत्रबहादुर...
-
सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु
काठमाडौं । सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको छ । 'दुर्भाग्यवस उहाँ जेलको...
-
इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु
काठमाडौं । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा बीस जनाको...
-
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
काठमाडौं । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा रु एघार अर्ब ५९ करोड ३७ लाख ३४ हजार...