ताजा समाचार

प्रचण्ड र बाबुरामविरुद्ध पूर्वबालसेना विष्टले दायर रिट सर्वोच्चमा दर्ता

काठमाडाैँ । माओवादीका पूर्व बाल सेना लेनिन विष्टले दायर गरेको रिट आइबार सर्वोच्च अदालतमा दर्ता भएको छ।

सर्वोच्च अदालत प्रशासनले विष्टले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितविरुद्ध हालेको उक्त रिट ०७९-WO-१३८८ नम्बरमा दर्ता भएको हो।

रिट दर्ता गराउन न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले शुक्रबार नै आदेश दिएको थियो। उक्त रिटको पेशी यही जेठ ३० गतेका लागि तोकिएको छ।

यसअघि सर्वोच्च अदालत प्रशासनले प्रधानमन्त्रीसमेत रहेका प्रचण्डविरुद्धको मुद्दा दर्ता गर्न अस्वीकार गरेको थियो।

माओवादीकै पूर्वबाल सेना विष्टले जनयुद्धका क्रममा बालसेना प्रयोग अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीतको कार्य भन्दै रिट हालेका थिए।

तर उक्त रिटलाई प्रशासनले दरपीठ गरिदिएपछि विष्टले दर्ताका लागि अन्तरिम आदेश माग गरेका थिए।

शुक्रबार दर्ता गर्न आदेश भएको उक्त रिटमा विष्टले तत्कालीन माओवादी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता डा. बाबुराम भट्टराईसहितका नेताहरुलाई विपक्षी बनाएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org