ताजा समाचार

प्रधानमन्त्री प्रचण्ड र भट्टराईविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वमाओवादी नेता बाबुराम भट्टराईलगायतविरुद्ध सर्वोच्चमा दायर गरेको रिटमा मंगलबार सुनुवाइ हुँदैछ।

पूर्वबाललडाकु लेनिन विष्टसहित नौ जनाले दायर गरेकाे रिटमाथि आज सुनुवाइ हुन लागेकाे हाे।

प्रधानमन्त्री दाहाल तथा पूर्वप्रधानमन्त्री भट्टराईबिरुद्ध युद्ध अपराधमा दायर गरिएको रिट सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो।

यद्यपि आनन्दमोहन भट्टराईको एकल इजलासले गत शुक्रबार उक्त मुद्दा दर्ता गर्न आदेश दिएको थियो।

न्यायाधीश भट्टराईको एकल इजलासले माओवादी युद्धका अगुवा नेताहरू दाहाल प्रचण्ड र भट्टराईलाई युद्ध अपराधमा कारबाहीको माग गर्दै लेनिन विष्टसहित ९ जनाले दिएको रिट निवेदन दर्ता गर्न आदेश दिएको हो ।

नौजना पूर्वबाल सैनिकहरूले हाल प्रधानमन्त्रीसमेत रहेका दाहाल र माओवादी छाडेका भट्टराईले आफूहरुलाई अनाहकमा युद्धका लगाएको दाबी गर्दै कारबाहीको माग गरेका हुन्। उनीहरूले अनमिनको वर्गिकरणका क्रममा आफूहरूलाई अयोग्य घोषित गरेर शोषण गरेको दाबीसमेत गरेका छन्।

उनीहरूले बालसैनिकका रूपमा पहिचान भएका आफूहरूजस्ता २९२७ जनालाई ‘अयोग्य लडाकु’को मान्यता दिने निर्णयसमेत बदर गर्न माग गरेका छन्।

निवेदकहरुले आफूहरूलाई प्रचण्ड र बाबुरामले ढाँटेर युद्धमा होमेर भविष्य बरबाद गरेको आरोप पनि लगाएका छन्

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org