ताजा समाचार

इप्पान निर्वाचन: गणेश कार्की नेतृत्व प्यानलको मनोनयन दर्ता

काठमाडाैँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था ( इप्पान) का अध्यक्षका उम्मेद्वार गणेश कार्कीको प्यानलले उम्मेद्वारी दर्ता गरेको छ।
इप्पानको कार्यालय कमलादीमा अध्यक्षका उम्मेद्वार कार्की नेतृत्वको प्यानलले उमेद्वारी दर्ता गरेको हो ।
जेठ ३२ गते हुने कार्य समितिको निर्वाचनका कार्की नेतृत्वको प्यानलबाट अध्यक्षको उम्मेदवार गणेश कार्की, वरिष्ठ उपाध्यक्ष मोहन डाँगी, उपाध्यक्षहरू आशिष गर्ग, भरत खत्री, रामप्रसाद आचार्य, आनन्द चौधरी, उत्तम लामाको उम्मेदवारी रहेको छ।
त्यस्तै, महासचिव बलराम खतिवडा, उपमहासचिव प्रकाश दुलाल, सचिव भरत खड्का, विक्रम विष्ट, कविता पोखरेल, भरत नेपाल र कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तको उम्मेदवारी रहेको छ ।
प्रमुख निर्वाचन अधिकृतका अनुसार आज विहान ११ बजेदेखि दिउँसो २ बजे सम्म उमेद्वारहरुको मनोनयन पत्र दाखिलाको लागी समय तोकिएको छ । र दिउँसो ३:३० बजे उम्मेदवारहरुको नामावली प्रकाशन हुनेछ ।                                                               

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org