इप्पान निर्वाचनः विधानले नचिनेको किरण मल्लको उम्मेद्वारी
काठमाडाैँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को निर्वाचन हुन १ दिन बाँकी हुँदा निर्वाचनको सरगर्मी तानिएको छ ।
संस्थाको गत वर्ष संशोधित विधानले वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरी यस पटक वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुने व्यक्ति कार्यकाल सकिएपछि स्वतहः अध्यक्ष हुने व्यवस्था गरेको थियो । एक कार्यकाल पदाधिकारी भएको व्यक्ति मात्र संस्थाको वरिष्ठ उपाध्यक्ष बन्न पाउने व्यवस्था विधानको दफा १० मा गरिएको छ ।
अध्यक्ष सहितका अन्य पदाधिकारीको हकमा भने कार्यसमितिमा एक कार्यकाल बिताएको हुनुपर्ने व्यवस्था विधानले गरेको छ । उक्त विधानले आगामी कार्यकालदेखि वरिष्ठ उपाध्यक्षको प्रावधान लागू हुने उल्लेख गरेको छ ।
नयाँ कार्यसमितिका लागि सुरु भएको निर्वाचनमा अध्यक्षका लागि गणेश कार्की र किरण मल्लको उम्मेदवारी परेको छ
अहिले हुन लागेको निर्वाचनलाई सञ्चालन गर्न इप्पान कार्यसमितिले ‘निर्वाचन निर्देशिका’ पारित गरेको छ । उक्त निर्देशिका अनुसार अध्यक्षका उम्मेद्वार किरण मल्लको उम्मेद्वारी विधान र ‘निर्वाचन निर्देशिका’ विपरित देखिन्छ ।
मल्लको अध्यक्ष पदको लागी उम्मेद्वारी इप्पानको विधान र ‘निर्वाचन निर्देशिका’ ले चिन्दैन र विधानसम्वत छैन । तर मल्ल एक कार्यकाल कार्यसमिती सदस्य भएकोले बरिष्ट उपाध्यक्ष र अध्यक्षबाहेक अन्य पदका लागी भने योग्य देखीन्छन ।
इप्पानको विधान र निर्देशकामा पदाधिकारीका सम्बन्धमा भएका व्यवस्था यस्ता छन् ।
संस्थाको गत वर्ष संशोधित विधानले वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरी यस पटक वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुने व्यक्ति कार्यकाल सकिएपछि स्वतहः अध्यक्ष हुने व्यवस्था गरेको थियो । एक कार्यकाल पदाधिकारी भएको व्यक्ति मात्र संस्थाको वरिष्ठ उपाध्यक्ष बन्न पाउने व्यवस्था विधानको दफा १० मा स्पष्ट व्यवस्था गरिएको छ ।
प्रमुख निर्वाचन अधिकृत चिरञ्जिवि खतिवडाले ६ जना उम्मेदवारका विरुद्ध ९ जनाले दाबी बिरोध दर्ता गरेको जानकारी दिए । सबै दाबी बिरोध उपर निर्वाचन समितिले प्रचलित कानुन, विधान र निर्वाचन निर्देशिका बमोजिम आवश्यक छानबिन गरि बुधबार साँझ उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने न्युज नेपाललाई बताए ।
अध्यक्ष सहितका अन्य पदाधिकारीको हकमा भने कार्यसमितिमा एक कार्यकाल बिताएको हुनुपर्ने व्यवस्था विधानले गरेको छ । उक्त विधानले आगामी कार्यकालदेखि वरिष्ठ उपाध्यक्षको प्रावधान लागू हुने उल्लेख गरेको छ ।
यता इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले भने सहमतिका आधारमा नयाँ नेतृत्व ल्याउन पहल गरिरहेको बताउँदै आएका छन् ।
इप्पान निर्वाचनमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र मासचिवमा २/२ जना, उपाध्यक्षमा ७ जना, सचिवमा ६ जना र खुल्ला सदस्यमा १४ जनाको उम्मेदवारी परेको छ ।
२५ सदस्यीय कार्यसमितिको अध्यक्षका लागि गणेश कार्की र किरण मल्लको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी र सूर्यप्रसाद अधिकारीको उम्मेदवारी पर्दा महासचिवमा बलराम खतिवडा र विनोद देवकोटाको उम्मेदवारी परेको छ ।
५ जना उपाध्यक्षका लागि ७ जनाको उम्मेदवारी परेको छ । जसमा भरतबहादुर खत्री, आशिष गर्ग, आनन्द चौधरी, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, वीरेन्द्र मल्ल र दिपेन्द्रबहादुर बमको उम्मेदवारी परेको छ ।
५ जना सचिवका लागि ६ जनाको उम्मेदवारी परेको छ । सचिवमा भरत नेपाल, भरत खड्का, विक्रम विष्ट, कविता पोखरेल, हिम पाठक र नारायण कँडेलको उम्मेदवारी परेको छ ।
७ जना खुल्ला सदस्यहरूका लागि १४ जनाको उम्मेदवारी परेको छ । सदस्यहरूमा टेकनाथ आचार्य, विजय मोहन भट्टराई, भरत पराजुली, कुवेरमणी नेपाल, मिथुन पौडेल, शंकर बस्याल, गृष्म ओझा, सकुन्द ओझा, दिपक पौड्याल, उत्तरकुमार श्रेष्ठ, कदम केसी, तारा सुब्बा, विकास कुमार श्रेष्ठ र सिताराम तिमिल्सिनाको उम्मेदवारी दर्ता गरेका छन् ।
अध्यक्ष र उपाध्यक्षसहित सदस्यहरूका लागि यही जेठ ३२ गते निर्वाचन हुनेछ ।
हायात होटेलमा हुने इप्पानको २१ औं साधारणसभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने तय भएको छ ।
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...