ताजा समाचार

विवादास्पद छविका अर्याल बने मुख्यसचिव, वैरागी सुरक्षा सल्लाहकार

अर्याललाई मुख्यसचिव बनाउन एनसेललगायतका शक्ति केन्द्र लबिङ

काठमाडाैँ । सरकारले मुख्यसचिवमा डा. बैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । हाल मुख्यसचिव रहेका शंकरदास बैरागीलाई हटाएर उनको ठाउँमा बैकुण्ठ अर्याललाई ल्याएको हो ।

आज बिहान ९ बजे बस्ने मन्त्रिपरिषद् बैठकबाट यो निर्णय  गरेको हो । बैरागीलाई राष्ट्रिय सुरक्षा परिषदको सुरक्षा सल्लाकारमा व्यवस्थापन गरेर अर्याललाई मुख्यसचिव बनाएको हो ।

हाल सचिव रहेका अर्याल २ असारमा अवकास पाउँदै छन् । तर त्यसअघि नै उनलाई मुख्यसचिव बनाउने तयारी प्रचण्ड सरकारले गरेकाे हाे ।

बैरागी यसअघि पनि केपी ओली सरकारका पालामा मुख्यसचिव बनेका थिए । त्यतिबेलाका मुख्यसचिव लोकदर्शन रेग्मीले स्वत अवकाश पाएका भए धनबहादुर तामाङ मुख्यसचिव बन्ने थिए । तर अवकाश अघि नै रेग्मीले राजीनामा दिएपछि बैरागीलाई मुख्यसचिव बनाइएकाे थियाे ।

मुख्यसचिवबाट राजीनामा दिएका रेग्मीलाई बेलायतका लागि राजदूत बनाइएकाे थियाे । अहिले अर्याललाई मुख्यसचिव बनाउन एनसेललगायतका शक्ति केन्द्रले तीव्र लबिङ चलाएकाे स्राेतकाे दाबी छ ।

प्रधानमन्त्रीकाे परराष्ट्र सल्लाहकारका लागि युवनाथ लम्साल, रुपक सापकोटालगायत दाबेदार रहेकाले बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाकारमा व्यवस्थापन गरिएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org