ताजा समाचार

वान एक्स बेट कारोबार प्रकरण : ‘बल्छी ध्रुबे’ सहित ८ जना पक्राउ

काठमाडौं । वान एक्स बेटमा विज्ञापन र सट्टेबाजी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ लगायत अन्य कलाकार समेत रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेकाहरूको बारेमा औपचारिक जानकारी गराएको छैन । उनीहरूको नाम प्रहरीले गोप्य राखेको छ ।

उनीहरूमाथि सामाजिक सञ्जालका भिडिओहरूमार्फत वानएक्स बेटको विज्ञापन गरेको आरोप छ । केही सञ्चारमाध्यमहरुले २ वर्षअघि नै अवैध वान एक्स बेटमा बल्छी ध्रबेलगायतको संलग्नता प्रमाणसहित खुलासा गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org