ताजा समाचार

नक्कली भुटानी शरणार्थी प्रकरण : जवाफी बहस सकियो, आजै थुनछेक आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलबाट जवाफी बहस सकिएको छ ।

बिहीबार अभियुक्ततर्फका वकिलको बहस सकिएपछि शुक्रबार सरकारी वकिल र जाहेरीवालातर्फको वकिलले जवाफी बहस गरेका हुन् ।

सरकारी वकिल कार्यालयका तर्फबाट अच्युत न्यौपाने, दिनेश भट्टराई, निर्मला मरासिनी, महेश खत्री, र लक्ष्मण घिमिरेले जवाफी बहस गरेका हुन् ।

उनीहरूले अभियुक्ततर्फका वकिलले उठाएइका कानुनी प्रश्नको जवाफ दिएका छन् । सरकारी वकिलपछि जाहेरीवालातर्फका वकिलले जवाफी बहस गर्दै आफ्नो पक्षको जाहेरी कानुनसम्मत भएको र प्रमाण पुर्‍याउने भार सरकारी पक्षको भएको भन्दै अभियुक्तलाई उन्मुक्ति नदिन आग्रह गरेका छन् ।

अदालतले आजै थुनछेक आदेश दिने तयारी गरेको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org