ताजा समाचार

आजको राशिफल : २०८० साल असार ३ गते आइतवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :  ठीक समयमा सही निर्णय लिन सकिनेछ । भक्ति र सेवा भाव बढेर जानेछ । कला, साहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  मालसामान पनि हराउन सक्छ, तर धनार्जनका नयाँ स्रोतहरू भने पत्ता लाग्नेछन् ।सहकर्मीबाट विरोध आउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  शुभ कार्यमा सरिक भइने र शुभ समाचारले मन पनि प्रसन्न रहनेछ ।धार्मिक यात्रा रहनेछ । लामो समयपछि आफन्तसँग भेटघाट हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) : महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । मनमा दुबिधा उत्पन्न हुनेछ । सरकारी निकायको भय रहनेछ, तर आर्थिक लाभ र सहयोग मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) : विपरीत वर्षप्रति आकर्षण बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । शुभ कार्यको काम अघि बढ्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): प्रेम जीवनमा पनि असमझदारी हुन सक्ने भएकाले विचार गर्नुपर्छ, तर शिक्षामा सफलता मिल्नेछ ।विद्यार्थीको पढाईमा मन नजान सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) : नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । लाभदायक यात्रा पनि रहला ।एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हात पर्ला । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):  लगनशीलताले कामहरू पनि अगाडि बढ्नेछन् ।व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): वित्तिय संस्थाबाट सहयोग पाइनेछ, तर स्वास्थ्यमा सजगता अपनाउनु पर्नेछ ।कुनै कुराले मनमा शान्ति छाउनेछ । मन्दिरको दर्शन हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।शुभकार्यको चर्चा चल्नेछ । रमणीय र सुखद् यात्राको योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक कारोबारमा सफलता पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org