ताजा समाचार

नेपाल राम र भारत सीताबिना अधुरो छः मन्त्री किराती

काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले योग सम्पूर्ण मानव कल्याणको साझा ज्ञान भएको बताएका छन् ।

आज लुम्बिनीमा योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले योग मानव कल्याणको साझा ज्ञान भएको बताए ।

उनले योगलाई शारीरिक मानसिक र स्वास्थ्यको रूपमा मात्रै जोडेर हेर्ने गरिए पनि योग आफैँमा मानव कल्याणको साझा ज्ञान भएको बताए । उनले पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण गरेपछि नेपाल र भारतबीचको इतिहासदेखिको सम्बन्ध पुनःस्थापित भएको बताए ।

उनले सरकार नेपाल र भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने पक्षमा रहेको बताए । उनले महेन्द्रनगरबाट नेपाल आउने हवाई रुट र भैरहवा हवाई रुट सहजताका लागि भारत सरकारसँग सकारात्मक छलफल भइरहेको बताए ।

मन्त्री किरातीले नेपाल राम  र भारत सीताबिना अधुरो रहेको बताए ।

उनले भने ‘आजभन्दा २३ सय वर्ष अघिदेखि नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ थियो । पछिल्लो समय प्रधानमन्त्रीको भारत भ्रमणले इतिहासदेखिको सम्बन्ध पुनःस्थापित गरेको छ । यो सम्बन्धलाई अझै प्रगाढ बनाउन हामी एक आपसमा सम्बन्धित छौँ । हामी रामबेगर अपूर्ण छौँ । भारत सीताबेगर अपूर्ण छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org