ताजा समाचार

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगकाे प्रश्नोत्तर शुक्रबार हुने

काठमाडाैँ । प्रतिनिधिसभामा असार ८ गते शुक्रबार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ।
सभाको मंगलबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम शुक्रबार हुने गरी निर्धारण गरेको जानकारी दिए।

उनले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि सम्पूर्ण सदस्य संख्यालाई वर्णानुक्रमअनुसार हरेक समूहमा १५ सदस्य रहने गरी जम्मा १७ समूहमा विभाजन गरिएको बताए। यो महिना भने समूह १ मा रहेका प्रतिनिधिसभा सदस्यहरूको पालो रहेको उनले जानकारी गराए।

उनले भने, ‘समूह १ मा रहेका माननीय सदस्यहरूले यस महिना प्रश्न सोध्नका लागि नियमावलीको नियम ५८ बमोजिम आजै दिनको ५ बजेभित्र प्रतिनिधिसभाको सचिवसमक्ष आफ्नो प्रश्न लिखित रूपमा दिन सक्नुहुने व्यहोरा जानकारी गराउँछु।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org