ताजा समाचार

नेपाल फर्मास्युटिकल एशोसियसन कोशी प्रदेश कार्यसमिति कोषाध्यक्षमा खड्काको उम्मेद्वारी

काठमाडौँ । नेपाल फर्मास्युटिकल एशोसियसन कोशी प्रदेश कार्यसमितिको कोषाध्यक्ष पदमा संजिव खड्काले उम्मेद्वारी घोषणा गरेका छन्। असार ९ गते नेपाल फर्मास्युटिकल एशोसियसन कोशी प्रदेश कार्यसमितिको प्रथम अधिवेशन विराटनगरमा हुँदैछ। सो अधिवेशनमा खड्काले प्रभु शाहको प्यानलबाट कोषाध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराएका हुन् ।

कोषाध्यक्षका उम्मेद्वार खड्काले सम्पूर्णमा सहयोग र समर्थन गर्न अपिल गरेका छन् । खड्काले भने, ‘कोशी प्रदेशमा ऐतिहासिक प्रथम अधिवेशन गर्दैछौँ । संस्थालाई यतिबेला कुशल व्यवस्थापन गरेर जानु पर्ने भएकाले कोषाध्यक्षमा मेरो उम्मेद्वारी हो ।’

उनले भने, ‘मैले कोषाध्यक्षमा उमेद्वारी घोषणा गर्दैगर्दा सर्वसम्मतको वातावरण बनाएर संस्थालाई व्यक्तिगत २ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेको थिएँ । यद्यपि त्यस्तो वातावरण बनेन । म फेरि यो कुरामा जोड दिन चाहान्छु । हामी प्रथम महाधिवेशनमा छौँ,यस संस्थालाई व्यवस्थित ढंगबाट अधि बढाउन चौतर्फीरुपमा आर्थिक व्यवस्थापन आवश्यक छ । त्यसका लागी कोषाध्यक्षमा कुशल व्यवस्थापकको आवश्यक छ त्यसका लागि म योग्य छु भन्ने लाग्छ ।’

खड्काले विभिन्न सामाजिक संस्थाहरुमा रहेर नेतृत्वदायी भूमिका कुशलता पूर्वक निर्वाह गरिसकेका छन् । इटहरी उद्योग वाणिज्य संघको उर्जा व्यवस्थापन समिति संयोजक, इटहरी आइडल ग्रुपका पुर्व अध्यक्षलगायत विभिन्न संघसंस्थामा रहेर कूशलतापूर्वक ढंगले भूमिका निर्वाह गरिसकेका छन् । त्यस्तै प्रभु शाह नेतृत्वको प्यानलबाट उपाध्यक्षमा विश्वनारायण चौधरी,सचिव दिपेन्द्र खड्का , कोषाध्यक्ष संजिव खड्का, खुल्ला सदस्य विजय कार्की, खुल्ला सदस्य रश्मि अधिकारी र महिला सदस्य संगिना कुमारी चौधरीले उम्म्ेद्वारी दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org