ताजा समाचार

सरकारी जग्गा हडप्ने गिरी पत्रकारमाथि अभद्र व्यवहार गरेपछि पक्राउ

काठमाडौं । अनामनगरको सरकारी जग्गा हडप्ने हरिप्रसाद गिरी पत्रकार सुनिल सापकोटामाथि अभद्र व्यवहार गरेपछि पक्राउ परेका छन् ।

उनलाई अहिले सिंहदरबार वृत्तमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गिरीले बुधबार बिहान सवा ९ बजेतिर अनामनगरको सामाजिक विकास चोकमा स्वास्थ्य लाइभका सम्पादन सापकोटामाथि उपशब्द र अभद्र व्यवहार गरेका थिए । उनले जग्गाको विषयमा समाचार लेख्ने पत्रकार यही भनी आफ्नो साथमा रहेका मान्छेहरूलाई भौतिक आक्रमण गर्न उक्साएका थिए ।

गिरीले काजि महादेवस्थान गाउँ पञ्चायत वडा नम्बर ५ साबिक धोबीखोला जनिएको कित्ता नम्बर १४३ को ४ आना जग्गा हालसाबिक गरेर आफ्नो नाममा घुसाएका थिए । त्यस्तै धोबीखोला कै १ आना जग्गा हालसाबिक गरेर शान्ता दाहाललाई बेचेका छन् ।

नापी विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनले प्रस्ट रुपमा उक्त कुरा उल्लेख गरेको छ । उक्त जग्गा अहिले सरकारको नाममा फिर्ता आइसकेको छ । समाचार लेखेर सरकारी जग्गा फिर्ता ल्याउन भूमिका खेलेका पत्रकार सापकोटामाथि सरकारी जग्गा हडप्ने गिरी बुधबार बिहान एक्कासी जाइलागेका हुन् । आफूमाथि भौतिक आक्रमणको प्रयास र अभद्र व्यवहार भएपछि उनले प्रहरीमा जाहेरी दिएको बताएका छन् ।

दोषीमाथि अभद्र व्यवहारमा कडाभन्दा कडा कारबाही हुनुपर्ने उनको माग छ । पत्रकार सापकोटालाई अभद्र व्यवहार गर्ने तुल्सी राईलगायत भने प्रहरीको सम्पर्कमा छैनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org