ताजा समाचार

आजको राशिफल : २०८० साल असार १० गते आइतवार

काठमाडौं । २०८० साल असार १० गते आइतवार। आज ज्योतिष शास्त्रमा चन्द्रमाअनुसार दैनिक फलादेश हुने ज्योतिषविद्ले जनाएका छन् ।  चन्द्रमाअनुसार उनीहरूको दैनिकीका विषयमा भविष्यवाणी गरिन्छ।

राशिफल :

मेष : उन्नति प्रगतिको योग छ । सामाजिक क्षेत्रमा सहयोग मिल्नुका साथै विवाह गरेकाहरुको दाम्पत्य जीवन सुखमय हुनेछ ।

वृष :  मानसम्मान प्राप्त हुने योग हुनाका साथै आम्दानीको बाटो खुल्नेछ ।तपाईको आजको दिन सन्तोषजनक छ । साथीभाइबीच भरपूर समन्वय हुनेछ ।

मिथुन :   आम्दानी र खर्च बराबर छ । स्वास्थ्यमा ख्याल गर्नुहोला ।

कर्कट: परिवारको भरपूर सहयोग हुनेछ । प्रतिस्पर्धी सक्रिय भएकाले सचेत हुनुहोला ।

सिंह :  दिन राम्रो भएकाले परिवारिक सुख हुनेछ। केही आफन्तसँग भने सतर्क रहेर अगाडि बढ्नुपर्नेछ। रोग भए अलि सन्चो हुनेछ।

कन्या :  अधुरा कामहरु पूरा हुने योग छ । लगानी गरेको भए उत्साह मिल्नेछ।

तुला :  पारिवारिक सुखको योग छ । अध्ययन–अध्यापनमा मन जाँदैन । स्वास्थ्यमा समस्या देखिन्छ ।

वृश्चिक:  बोल्दा सचेत हुनुपर्ने देखिन्छ । परिवार सुख प्राप्त हुनेछ। राजनीतिमा राम्रो हुनेछ।

धनु :  भाग्य उदयको दिन भए पनि खर्च बढ्ने योग छ । स्वास्थ्यमा केही समस्या हुनेछ ।

मकर :  अधुरा काम बन्ने योग छ । चिन्ता हट्ने छ ।

कुम्भ :  आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ। सचेत हुनु होला । आफन्तको सहयोग मिल्नुका साथै विद्याको क्षेत्रमा सफलता मिल्नेछ ।

मीन :बोलीमा मिठास हुने भएकाले काममा सफलता हुनेछ । सोचेका काम अधुरा रहनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org