भीआईपी संस्कृतिकै कारण गणतन्त्रप्रति जनतामा वितृष्णा बढ्योः सांसद सिंह
काठमाडाैँ । प्रतिनिधिसभा सांसद अमरेशकुमार सिंहले भीआईपी संस्कृतिक अन्त्य हुनुपर्ने बताएका छन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा भीआईपी संस्कृतिकै कारण गणतन्त्रप्रति जनतामा वितृष्णा बढेको बताउँदै उनले पद सिर्जना गरेर राज्यको सम्पत्ति दोहन गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए।
अहिले धेरै राजनीतिक पद सिर्जना गरी राज्यको सम्पत्ति दोहन भएको उनको भनाइ थियो।
‘पद क्रेट गरेर महँगो गाडी किन्ने, त्यत्रो गाडीको अगाडि सेना, प्रहरी, सशस्त्र राख्ने भीआईपी कल्चर अन्त्य हुनुपर्यो,’ उनले भने, ‘किनभने यही भीआईपी कल्चरका कारण गणतन्त्रप्रति जनतामा वितृष्णा बढ्दै गइरहेको छ।’
यसैगरी राष्ट्रपति र उपराष्ट्रपतिलाई सेतो हात्तीको रूपमा पालिएको बताएका छन्।
गणतन्त्रमा जनता प्रधान हुनुपर्नेमा राष्ट्रपति र उपराष्ट्रपतिलाई अर्को राजा बनाइएको बताए। जसकारण जनतामा वितृष्णा उत्पन्न भएको उनको भनाइ थियो।
‘चुनावअघिसम्म सामान्य मान्छे, चुनावपछि भीआईपी सुरक्षा दिएर, जनतालाई भेट्नै नदिई अर्को राजा बनाउने गरिएको छ,’ उनले भने, ‘हाम्रो देशमा त्यस्तो सुरक्षा थ्रेट छैन। हजराौँ सुरक्षा खटाइदिने, मूर्ति बनाएर राखिदिने भयो।’अन्य देशमा उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्षता ग्रहण गर्ने अभ्यास पनि रहेको बताउँदै उनले संविधान संशोधन गरी उपराष्ट्रपतिलाई राष्ट्रियसभाको जिम्मेवारी दिनुपर्ने पनि उनले बताए।
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...