ताजा समाचार

संसद्ले बजेट संशोधन गर्नसक्ने व्यवस्था गरौँ : प्रमुख सचेतक लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्ले बजेट संशोधन गर्नसक्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक लेखकले आजसम्म बजेट संशोधन हुन नसक्ने व्यवस्था रहेको भन्दै आगामी दिनमा संसद्ले बजेट संशोधन गर्नसक्ने व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

“बजेट संशोधन हुँदैन भने संसद्‌भित्र बजेटको सम्बन्धमा भएको छलफलको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ । यसप्रति सबै गम्भीर हुनुपर्छ,” उनले भने ।

उनले बजेटको सवालमा संसद्को भूमिका निर्धारण गर्न जरुरी रहेको बताए ।

उनले हाल भएको अवधारणालाई परिमार्जन गरेर संसद्बाट बजेट परिमार्जन हुनसक्छ भन्ने अवधारणा बनाउनुपर्ने बताए । यद्यपि, सरकारले यसपटक ल्याएको बजेट भने समय अभावका कारण संशोधन हुन नसक्ने उनको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org