ताजा समाचार

प्रधानमन्त्री दाहाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ।

राजदूत सोङ प्रधानमन्त्री प्रचण्डलाई भेट्न सोमबार बिहान साढे ९ बजे बालुवाटार पुगेका थिए। उनीहरूबीच करिब एक घन्टा छलफल भएको स्रोतले जनाएको छ।

उनीहरूबीच बिआरआई परियोजना र हालै पोखरामा सम्पन्न ड्रायगन फेस्टिभलका विषयमा छलफल भएको थियो।

राजदूत छन् सोङले पछिल्लो समय नेपालमा गइरहेको बाढी पहिरोको विषयमा प्रधानमन्त्री प्रचण्डसँग जानकारी लिएका थिए। उनले सम्भावित प्राकृति विपत्तिमा चीन सधैं साथ रहने प्रतिवद्धता जनाएका थिए।

भेटवार्तामा प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका विषयमा पनि छलफल भएको थियो। मिति तय नभए पनि परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासले भ्रमणको तयारी गरिररहेको स्रोतले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org