कञ्चनजंघा क्षेत्रमा आपत्कालीन अक्सिजन सिलिण्डर राखिने
ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित विशवको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा आपत्कालीन अक्सिजन सिलिण्डर राखिने भएको छ । कञ्चनजङ्घा अवलोकन गर्न पर्यटकलाई सहजता ल्याउनका लागि फक्ताङलुङ गाउँपालिकाले उच्च हिमाली क्षेत्रमा अक्सिजन सिलिण्डर राख्ने भएको हो । फक्ताङलुङ गाउँपालिकाले गत आइताबार १३ औँ गाउँसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा पर्यटकको स्वास्थ्य संवेदनशीलतालाई दृष्टि गरी कञ्चनजङ्घा आधार शिविरसहितका क्षेत्रमा आपत्कालीन अक्सिजन सिलिण्डरसहितका उपकरण राख्ने निर्णय गरिएको छ ।
कञ्चनजङ्घा आधार शिविर पाङ्पेमासहित लोनाक, खम्बाछेन, याङ्मा, मौवाटार, सिङ्जेमा ताल र टिपताला भञ्ज्याङमा यो सुविधा प्रदान गर्ने गाउँपालिकाले घोषणा गरेको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए । कञ्चनजङ्घा आधार शिविरमा आउने पर्यटक अक्सिजनको कमीले बीच बाटोदेखिनै फर्कनुपर्ने देखि हेलिकप्टर चार्टर गर्नेसम्म अवस्था विगतका वर्षहरुमा हुँदै आएको थियो ।
गाउँपालिकाले लिएको कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा आपत्कालीन अक्सिजन सिलिण्डर नीति कार्यक्रम राम्रो भए पनि व्यस्थापन पक्ष अझ महत्त्वपूर्ण रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक जितेन चेम्जोङले बताए । चोम्जोङका अनुसार कञ्चनजङ्घा हिमाल आरोहण गर्न आउनेले भने आफैँ अक्सिजन लिएर आउने गरे पनि टे«किङका लागि आउने आन्तरिक तथा बाह्य पयटनका लागि भने अक्सिजन व्यवस्थापन गर्न आवश्यक रहेको छ ।
उनले भने ,’अक्सिजनका अभावले गर्दा म नै दुई पटक हेलिकप्टर चाटर गर्नुपरेको थियो । गत वर्ष मात्र एक पर्यटक अक्सिजन आभवकै कारणले ज्यान गुमाउन परेको थियो ।’ प्रत्येक वर्ष पाँच सयदेखि हजारको हाराहारीमा बाह्य पयटक कञ्चनजङ्घा क्षेत्रको अवलोकन गर्दै आएको कञ्चनजङ्घा संरक्षण क्षेत्र वयवस्थापन परिषद्को तथ्याङ्कले जनाएको छ ।
Comments
अरु समाचार
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
पूर्वमुख्यमन्त्री कार्कीद्वारा पुनः अनसन सुरु
मोरङ। कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री केदार कार्कीले पुनः अनसन सुरु गर्नुभएको छ । मंगलबार अपराह्न ४ बजेदेखि विराटनगर–७ स्थित देवकोटा...
-
श्रमदानद्वारा सडक मर्मत गर्दै भोजपुरका सिक्रेटारबासी
काठमाडौं। भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारका स्थानीयवासीले श्रमदान गरेर सडक मर्मत गरेका छन् । वर्षात्का कारण सडक हिलाम्मे भएर आवतजावतमा समस्या...
-
झापामा डेङ्गीको सङ्क्रमणबाट दुईजनाको मृत्यु
काठमाडौं । कोशी प्रदेशमा डेङ्गीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् । यस अवधिमा डेङ्गी सङ्क्रमणका...
-
बीएन्डसीलाई एमबीबीएस पढाउन औपचारिक स्वीकृति
काठमाडौं । बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) मा ५०...
-
नेकपा एमाले जिल्ला कमिटी संखुवासभाको तेस्रो पूर्ण बैठक आइतबार सम्पन्न
काठमाडौं । नेकपा (एमाले) जिल्ला कमिटी सङ्खुवासभाको तेस्रो पुर्ण बैठक सम्पन्न भएको छ । एमाले जिल्ला कमीटि अध्यक्ष खड्ग बहादुर...
-
सङ्खुवासभाको खाँदबारीमा योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कार्यालय राख्ने मन्त्रीपरिषदको निर्णय
काठमाडौं । सरकारले सङ्खुवासभाको खाँदबारी नगरपालिकामा योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कार्यालय रहने स्थान तोक्ने निर्णय गरेको छ । २०८१ भदौ...