ताजा समाचार

काठमाडाैंका निजी विद्यालयका शिक्षकलाई पनि सरकारीसरह तलब दिन बालेनकाे निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निजी विद्यालयलाई सरकारी विद्यालयसरह शिक्षकलाई तलबभत्ता दिनुपर्ने बताएका छन् ।

निजी विद्यालयले शिक्षकहरूलाई कानुनमा तोकिएअनुसार तलब सुविधा नदिएको गुनासो आएको भन्दै मेयर बालेनले सरकारी विद्यालयसरह शिक्षकलाई तलबभत्ता उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

मेयर बालेनले सरकारी विद्यालयको तलब स्केलसमेत सार्वजनिक गरेका छन् । उनले सरकारी विद्यालयको तलब स्केलसरह सुविधा प्राप्त नभएमा काठमाडौं महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न निजी विद्यालयका शिक्षकलाई आग्रहसमेत गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org