ताजा समाचार

कोशी प्रदेशमा नयाँ सरकार बन्ने अवस्था छैन : प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारी

विराटनगर । नेकपा एमाले कोशी प्रदेशसभाका सदस्य लिलाबल्लभ अधिकारीले वर्तमान सरकारले विश्वासको मत नपाए नयाँ सरकार बन्ने अवस्था नरहेको बताउनुभएको छ ।

कोशी प्रदेशसभामा आज (बिहीवार) बिचार राख्दै अधिकारीले अहिलेको गणितले सत्ता पक्षमा ४६ जना र विपक्षमा ४६ जना मात्रै सांसद रहने भएकोले नयाँ सरकार बन्न नसक्ने बताउनुभएको हो ।

‘संविधानले सभामुखलाई सरकार बनाउने वा गिराउने भूमिकामा रहने परिकल्पना गरेको छैन ’ अधिकारीले भन्नुभयो ‘आज अमुक गठबन्धनको सरकार बनाउन वा गिराउन सभामुखको भूमिका देखियो भने यसले गलत परम्परा बस्छ ।’

आफ्नो स्वार्थका लागि गरिमामय संस्थाका लागि धुमिल बनाउन कसैले कसैलाई पनि उक्साउनु नहुने प्रदेशसभा सदस्य अधिकारीको भनाइ छ । ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org