ताजा समाचार

ललिता निवास जग्गा प्रकरणः ‘बन्दीप्रत्यक्षीकरण’को रिट न्यायाधीश चुडालको इजलासमा

काठमाडाैँ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका तीन जना धर्मप्रसाद गौतम, मिनबहादुर गुरुङ र सुधीरकुमार शाहले दर्ता गरेको ‘बन्दीप्रत्यक्षीकरण’को रिट सर्वोच्च अदालतका न्यायाधीश डा कुमार चुडालको इजलासमा परेको छ।
गैरकानूनी रुपमा आफुहरुलाइ पक्राउ गरिएको दाबीसहित धर्मप्रसाद गौतम, मिनबहादुर गुरुङ र सुधीरकुमार शाहले सर्वोच्च अदालतमा ‘बन्दीप्रत्यक्षीकरण’को निवेदन दर्ता गरेका थिए ।

राज्यका निकायले कुनै पनि व्यक्तिलाई गैरकानूनी रुपमा पक्राउ गरे वा थुनामा राखेमा त्यसको कानूनी उपचारका लागि ‘बन्दीप्रत्यक्षीकरण’को निवेदन दर्ता गरिन्छ ।
उनीहरु तीनै जनाले आफूहरुलाई विनाशर्त रिहा हुनुपर्ने माग राखेका छन् ।

हदम्याद सकिएको अवस्थामा आफूहरुमाथि किर्तेको अभियोगमा अनुसन्धान गर्न खोजेको उनीहरुको जिकिर छ । तीनैजनाको रिट निवेदनमाथि आज (शुक्रबार ) सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुदैछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org