ताजा समाचार

कोसी प्रदेशसभाको बैठकमा जसपा अनुपस्थित

काठमाडाैँ । कोसी प्रदेशसभाको आजको बैठकमा जसपा अनुपस्थित भएको छ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रस्ताव गरेको विश्वासको मतमा मतदान हुने र मत सम्बन्धी प्रस्तावमा छलफलका क्रममा उठेका प्रश्नको जवाफ मुख्यमन्त्रीले दिने बैठकमा जसपा उपस्थित नभएको हो।

बिहीबार मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूचि भए पनि नेकपा एमालेले सदनमा विश्वासको मत माग्ने क्रममा अर्थ मन्त्रालय लगायतका विविध विषयमा कुरा उठेकाले त्यसको तयारी गरेर शुक्रबार विश्वासको मत लिने माग गरेपछि बैठक स्थगित भएको थियो।

प्रदेशसभाका सभामुख बाबुराम गौतमले विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलमा उठेका विषयमा जवाफ दिन मुख्यमन्त्रीलाई समय दिएका छन्। अहिले मुख्यमन्त्रीले जवाफ दिने क्रम जारी छ। उनले जवाफ दिइसकेपछि मत विभाजन हुनेछ।

तर, निर्णायक मत रहेको जसपाकी प्रदेशसभा सदस्य निर्मला लिम्बू बैठकमा अनुपस्थित भएकी छन्। ९३ सदस्यीय प्रदेशिभामा लिम्बू एक्ली सांसद हुन्।

उनले गत पुस २४ गते एमाले संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्री बनाउन सहयोग गरेकी थिइन। लिम्बू यसअघि स्वास्थ्यमन्त्री थिइन्। उनले जेठ १७ गते मन्त्री पदबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएकी थिइन्। उनी विराटनगर बाहिर रहेको बताइएको छ।

जसपाले विश्वासको मत पक्ष र विपक्ष कतै पनि नदिने निर्णय बिहीबार नै गरेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org