ताजा समाचार

आजको राशिफल: २०८० साल असार १६ गते शनिवार

काठमाडौं । २२०८० साल असार १६ गते शनिवार, आज ज्योतिष शास्त्रमा चन्द्रमाअनुसार दैनिक फलादेश हुने ज्योतिषविद्ले जनाएका छन् । चन्द्रमाअनुसार उनीहरूको दैनिकीका विषयमा भविष्यवाणी गरिन्छ।

राशिफल :

मेष : धार्मिक कार्यमा मन जाने छ । दिन राम्रो भएकाले इष्ट-मित्रबाट सहयोग मिल्नेछ।

वृष  :  शिक्षा र व्यापार व्यवसायमा राम्रो छ । बोल्दा भने ख्याल गर्नुपर्ने छ ।

मिथुन : साथीबाट घात हुने सम्भावना छ। समग्रमा दिन सामान्य राम्रो छ। वैदेशिक क्षेत्र राम्रो छ ।

कर्कट : आर्थिक उतारचढाव हुनसक्छ । अध्यययनमाआलस्य बढ्नेछ। वैदेशिक रोजगारमा गरेको श्रम लगानीबाट राम्रो उन्नती हुनेछ। राजनीति गर्नेका लागि राम्रो छ ।

सिंह : आर्थिक अवस्थामा सुधार हुने योग छ । परिवारबाट सहयोग मिल्नेछ। चरा, पन्छीलाई अन्न दिनु होला ।

कन्या : मन खिन्न हुनेछ तर, सम्पत्ति आर्जन भने हुने दिन छ।

तुला : केही आर्थिक कठिनाइ छ । शिक्षाको क्षेत्रमा भने राम्रो छ । कुनै पनि दीर्घकालीन कामको सुरुवात गर्दा फाइदाजनक हुनेछ।

वृश्चिक : बोलीमा ख्याल गर्नुपर्नेछ । शान्त रहेर बस्नु फाइदाजनक छ। धार्मिक क्षेत्रमा मन बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा मिल्ने योग छ।

धनु : प्रशंसा गर्ने बढ्नेछन्। शिक्षाको क्षेत्रका मानिसका लागि दायरा फराकिलो हुनेछ। विभिन्न क्षेत्रमा लगानी भने नगर्नु उचित देखिन्छ। धार्मिक क्षेत्रमा रुची बढ्नेछ।

मकर : दीर्घकालीन योजना बनाउँदा राम्रो । ठूलो नाफा आज हुँदैन । अरु कार्यमा सामान्य छ। मन्दिर प्रवेश वा मातापिताको आशिर्वाद लिनु होला।

कुम्भ :श्रमबाट फाइदा हुने सम्भावना छ। सामाजिक, राजनीतिक क्षेत्रहरु सामान्य द्ध । स्वास्थ्यमा धेरै सुधार हुनेछ। आफन्तबाट सहयोग मिल्नेछ। शिक्षा, स्वास्थ्य, क्षेत्रमा धेरै राम्रो छ।

मीन : जोश जाँगर बढ्ला । शिक्षाको क्षेत्रमा राम्रो हुने योग छ। अन्य क्षेत्र सामान्य छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org