ताजा समाचार

प्रतितोला १ सय रूपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ सय रूपैयाँले घटेको छ ।

सोमबार छापावाल सुनको मूल्य तोलामा एक लाख १० हजार र तेजावी सुनको मूल्य एक लाख ९ हजार ५ सय रूपैयाँ तोकिएको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा एक लाख १० हजार १ रूपैयाँ तोकिएको थियो ।

सोमबार चाँदीको प्रतितोला कारोबार भने आइतबारकै मूल्य १ हजार ३७० रूपैयाँ भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org