ताजा समाचार

प्रचण्डले भारतको सहयोगमा प्रधानमन्त्री बनेको हुँ भन्नुभएको छैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भारतको सहयोगमा प्रधानमन्त्री बनेको भन्ने अभिव्यक्ति नदिएको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटकपटक भारत गएको भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले प्रधानमन्त्रीको राजीनामा माग गरेपछि गृहमन्त्री श्रेष्ठले यस्ताे बताएका हुन् ।

बिहीबार बिहान चितवनको भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्री प्रचण्डको बचाउ गर्दै भारतको सहयोगमा प्रधानमन्त्री भएको भन्ने अभिव्यक्ति नदिएको दाबी गरेका हुन् ।

“प्रधानमन्त्रीले मैले नेपालको प्रधानमन्त्री हुन विदेशमा मान्छे पठाएको थिएँ, त्यसको सहयोगबाट म प्रधानमन्त्री भएको हुँ भनेर कहीँ भन्नुभएको छैन । यसबारे म सँग कुरा पनि भएको छैन,” उनले भने ।

सोमबार प्रधानमन्त्री प्रचण्डले प्रीतम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक भारत गएको अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्ति देशहितविरुद्ध रहेको भन्दै नेकपा एमालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् बैठक चल्न नदिने अडान राखेर संसद् बैठक अवरुद्ध गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org