ताजा समाचार

सिंगटी हाईड्रोको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

काठमाण्डौ । सिंगटी हाईड्रो ईनर्जी लिमिटेडको साविकका शेयरधनीहरुलाई प्राथमिक शेयर (आइपीओ) हकप्रद साधारण शेयरलाइ कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सिंगटी हाईड्रो ईनर्जी लिमिटेडको प्राथमिक शेयर (आइपीओ) हकप्रद साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा  लागि भएको सम्झौता पत्रमा हाईड्रो ईनर्जी कम्पनीका तर्फबाट प्रवन्ध सञ्चालक सुदिप खड्का र कुमारी क्यापिटल लिमिटेडतर्फबाटका.मु. प्रमुख कार्यकारी अधिकृत श्री पुष्प शर्माले एक समारोहबीच हस्ताक्षर गरेका छन् ।

सिंगटी हाईड्रो ईनर्जी लिमिटेडले सिंगटी हाईड्रो इनर्जी लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको १,४५,००,००० कित्ता हकप्रद साधारण शेयरको (१ः१) साविकका शेयरधनीहरुलाई निष्काशन तथा बिक्री गर्ने तयारी गरेको छ ।

सिंगटी हाईड्रो इनर्जी लिमिटेडको अधिकृत पूँजी रु.२ अर्ब ९० करोड रूपैयाँ, जारी पूँजी रु. २ अर्ब ९० करोड रूपैयाँ, र हकप्रद शेयर निष्काशन पश्चात उक्त कम्पनीको चुक्ता पूँजी रु. २ अर्ब ९० करोड रूपैयाँ हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org