ताजा समाचार

सभामुखलाई प्रधानमन्त्रीको टेलिफोन,प्रतिनिधि सभाको बैठक दुई घण्टा सर्‍यो

काठमाडौं । प्रतिनिधि सभाको बैठक दुई घण्टा पछाडि सारिएको छ।

आइतबार दिउँसो १ बजे बोलाइएको बैठक प्रधानमन्त्रीको पुष्पकमल दाहाल ‘प्रचण्ड’को अनुरोधमा सभामुख देवराज घिमिरेले दुई घण्टा पछि बस्ने गरी बैठक सारेका हुन्।

बैठकको समय दुई घण्टाका लागि सारिएको सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुख घिमिरेलाई टेलिफोन गरेर बैठकको समय सार्न अनुरोध गरेका थिए ।

“प्रधानमन्त्रीको अनुरोधमा सभामुखले १ बजेका लागि तय गरेको बैठक दुई घण्टापछि सार्नुभएको छ,” उनले भने, “टेलिफोन संवादमा सम्माननीय सभामुखले तीन शीर्ष नेताबीचको छलफलले सदन खुलाउन सकारात्मक निष्कर्ष निकाल्न शुभकामना दिनुभएको छ ।”

सदनको जारी अवरोध हटाउने विषयमा अहिले प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org