बालुवाटारमा राष्ट्रपतिको समवेदना सन्देश: प्रचण्डलाई सीताले दिएको साथ उदाहरणीय र अनुकरणीय
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पत्नी शोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समवेदना सन्देश पठाएका छन् ।
राष्ट्रपति पौडेलको समवेदना सन्देश लिएर राष्ट्रपति कार्यालयका पदाधिकारीहरू तथा राष्ट्रपति पौडेलका परिवारका सदस्यहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । राष्ट्रपति पौडेलको सन्देश राष्ट्रपति कार्यालयका सचिव डिल्लीराज शर्माले प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका थिए ।
प्रचण्ड पत्नी सीता दाहालको बुधबार निधनमा भएको थियो । सशस्त्र संघर्ष र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरूमा सीताको भूमिका महत्वपूर्ण रहेको राष्ट्रपति पौडेलको समवेदना पत्रमा उल्लेख छ ।
‘समाज रूपान्तरण र राजनीतिक परिवर्तनमात्र नभएर सम्माननीय प्रधानमन्त्री दाहालको राजनीतिक छवि एवम् कदलाई सफलतापूर्वक यो उचाइसम्म ल्याउन विगतका कष्टकर दिनहरूमा सीताको साथ तथा सहयोग उदाहरणीय र अनुकरणीय छ’, राष्ट्रपति पौडेलले समवेदना पत्रमा उल्लेख गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलको समवेदनापत्र मार्मिक भएको बताउँदै आभार व्यक्त गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
सीताको निधन लगत्तै राष्ट्रपतिले टेलिफोन गरी दुःख व्यक्त गर्दा आफू भावविह्वल भएको पनि बताए । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलसँग सीताको सम्बन्ध दाजु र बहिनीको भएकाले पनि राष्ट्रपति पनि भावविह्वल भएको उल्लेख गरेका थिए ।
Comments
अरु समाचार
-
तातो हावाको लहर अझै बढ्ने, विभागले भन्यो- सतर्क रहनुस्
काठमाडाैँ । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै...
-
बझाङमा कांग्रेसको झिनो अग्रता, अब दुई पालिका गन्न बाँकी
काठमाडाैँ । बझाङ प्रदेशसभा (१) को उप-निर्वाचनमा कांग्रेसले अग्रता कायम राखेको छ। अब दुई पालिका गन्न बाँकि रहँदा कांग्रेस झिनो...
-
इलाममा सुहाङले कटाए १० हजार मत, अन्तर पनि फराकिलो
काठमाडाैँ । इलाम २ मा जारी मत गणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले १० हजार मत कटाएका छन् । पछिल्लो...
-
डम्बरसँग मतान्तर बढाउँदै सुहाङ, करिब २२ हजार भाेट गन्दा २६१८ ले लिड
काठमाडाैँ । उपनिर्वाचनको जारी मतगणनाअनुसार इलाम–२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता जारी राखेका छन् । सोमबार बिहान ७ः५५...
-
दुबईमा विश्वकै सबैभन्दा ठूलो विमानस्थल टर्मिनल निर्माण कार्य शुरु
अबुधाबी । दुबईको अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम शुरु भएको छ । संयुक्त अरब इमिरेट्सले झण्डै ३५ अर्ब...
-
बझाङमा एमालेलाई कांग्रेसले उछिन्यो
काठमाण्डौ । बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ ९क० मा नेपाली कांग्रेसले अग्रता लिएको छ । अहिलेसम्म २० हजारभन्दा बढी...
-
इलाम २ मा एमालेका सुहाङको फराकिलो अग्रता
विराटनगर । इलाम क्षेत्र नम्बर २ अन्तरगत प्रतिनिधिसभा निर्वाचनका लागि भएको उपनिर्वाचनका ११ वटा वडाको मत गणना हुँदा एमालेका उम्मेदवारले...
-
आजको राशिफलः २०८१ वैशाख १७ गते सोमवार
मेष: फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। चिताएको काम छिटै सम्पादन हुनेछ। सहयोगीहरूले...
-
इलाम २ मा एमालेका सुहाङ १६२३ मत अन्तरले अग्रस्थानमा
काठमाडौं । इलाम २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा हालसम्म करिब १६ हजार मतगणना भइसकेको छ । हालसम्म १० वटा वडाको गणना...