ताजा समाचार

कांग्रेस सभापति देउवा र अमेरिकी सहायक विदेश मन्त्री लुबीच भेटवार्ता

काठमाडौं । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

एक दिने भ्रमणको क्रममा शुक्रबार बिहान काठमाडौं आइपुगेका मन्त्री लुसँगको भेटपछि सभापति देउवाको सचिवालयले देउवा र लु बीच नेपाल(अमेरिका सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको उल्लेख छ।

‘नेपाल(अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भयो। शान्ति, लोकतन्त्रको प्रवर्द्धनमा अमेरिकी सरकार र मन्त्री लुको अटल सहयोगका लागि कृतज्ञता व्यक्त गर्नुभएको छ,’ सचिवालयले जनाएको छ।

मन्त्री लु पछिल्लो २ वर्षमा नेपालको तेस्रो पटकको भ्रमणमा छन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्र मन्त्री एनपी साउद र प्रतिपक्षी दलका नेता केपी ओलीसँग भेट गर्ने कार्यक्रम रहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org