नेपालमा उत्पादित घाँस चीन निर्यात
चितवन । नेपालमा उत्पादित घाँस चीन निर्यात गर्न थालिएको छ।
होराइजन इन्टरनेसनल प्रालिले उत्पादन गरेको पशु आहार (हाइलेज) चीन निर्यातको सुरुवात गरिएको हो। नेपालबाट पशुआहार (हाइलेज) चीन निर्यात भएको यो पहिलोपटक हो। उक्त घाँस चीनको सिगात्से सहरमा पठाइएको हो। चिसोका कारण सिगात्सेमा घाँस उत्पादन हुँदैन। त्यहाँका पशुका लागि नेपालबाट घाँस प्याकिङ गरेर निर्यात गरिएको हो।
मकैको डाँठ र दुधिलो घोगासहितको मकैको बोटबाट हाइलेज तयार पारिन्छ। दुधिलो मकैको बोटलाई काटेर प्रशोधन गरेपछि हावा नपस्ने गरी प्याकिङ गरिन्छ। त्यसलाई सुरक्षित भण्डारणमा एक सय २० दिन राखेपछि मात्रै लगिन्छ। पशुआहारलाई रोला बनाएर पठाइएको छ। एउटा रोलामा ४ सय ६० किलो हुन्छ।
कम्पनीमा दैनिक ८० देखि १ सय रोला पशुआहार उत्पादन गर्न सकिने कम्पनीले जनाएको छ। हाइलेज उत्पादनका लागि भरतपुर र यस आसपासका किसानबाट मकैको बोट नै खरिद गरेर प्रशोधन गरी पशुआहार बनाएको कम्पनीका प्रमुख कार्यकारी निर्देशक चाङले बताए। ‘अहिले मकैबाट मात्रै बनाउन सुरु गरेका हौं,’ उनले भने, ‘अम्रिसो, नेपियरलगायतका घाँसबाटसमेत पशुआहार बनाउने तयारी गरेका छौं। ’
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपालका लागि चिनियाँ राजदूत चेन सङ तथा कृषि तथा पशुपक्षी विकास मन्त्री डा. बेदुराम भुसालले संयुक्त रूपमा पशुआहार हाइलेज निर्यातको शुभारम्भ गरेका थिए। शनिबार १० वटा कन्टेनरमा ८० टन हाइलेज चीनतर्फ पठाइएको छ। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले हाइलेज निर्यातले चीनसँगको व्यापार सम्बन्ध प्रगाढ भएको बताए। कृषि उत्पादन बढाएर निर्यात गर्दा व्यापार घाटा कम गर्न सकिने उनको भनाइ छ।
‘देशको व्यापारघाटा कम गर्न नयाँ खालको आयामको आवश्यकता छ। हाइलेज निर्यातले व्यापार घाटा कम गराउन प्रभावकारी भूमिका खेल्नेछ,’ उनले भने, ‘हेर्दा समान्य लागे पनि दुई देशबीचको व्यापारिक सहकार्यका लागि यो इतिहासमा कोसेढुंगा सावित हुन्छ।’
दैनिक २० कन्टेनर पशुआहार चीन पठाइने छ। प्रतिवर्ष १० लाख टन हाइलेज उत्पादन गरी चीन निर्यात गर्ने तयारी छ। अहिले कम्पनीले तीन हजार टन हाइलेज उत्पादन गरेको छ। वार्षिक दुई सय करोड टन पशुआहार पठाउने योजना कम्पनीको छ। सन् २०२२ मा चिनियाँ उपराष्ट्रपति नेपाल आउँदा घाँस चीन लैजाने विषयमा सम्झौता भएको थियो। पहिलो चरणमा केरुङ र रसुवा नाकाबाट घाँस पठाइँदै छ। चीनको उक्त क्षेत्रमा दैनिक पाँच सय कन्टेनर घाँसको माग छ। नेपालका लागि चिनियाँ राजदूत छन् सङले नेपाल–चीनको इतिहास पुरानो भएको बताउँदै घाँस निर्यातले चीन र नेपालको सम्बन्ध अझ प्रगाढ हुने बताए।
करिब ३ वर्षअघि यो कामको थालनी गरिएको थियो। चिनियाँ व्यवसायीको लगानीमा भरतपुर महानगरपालिका–५ प्रेमबस्तीमा उद्योग स्थापना भएको छ। पहिलो चरणमा ३ हजार मेट्रिक टन हाइलेज उत्पादन गरिएको हो। कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले नेपालबाट घाँस हाइलेज निर्यातले कृषि क्षेत्रमा प्रभाव पर्ने दाबी गरे।
गुणस्तर हेरेर कम्पनीले बोटसहितको मकै खरिद गर्छ। हाइलेजका लागि किसानलाई कम्पनीले उन्नत जातको बीउ, सिँचाइको व्यवस्था र प्राविधिक सहयोग गरेको छ। यसरी उत्पादन गरिएको घाँस दुई वर्षसम्म प्रयोग गर्न मिल्ने बताइएको छ। यसलाई निकै पोषिलो आहारका रूपमा लिने गरिन्छ।
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
एमाले महाधिवेशन : चुनावी प्रक्रिया सुरु !
काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको छ । सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको भृकुटीमण्डपमा...
-
एमाले केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङको उम्मेदवारी घोषणा
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । करिब ४ दशक लामो...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
एमाले महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज उम्मेद्वारी दर्ता
काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भइसकेको छ । निर्वाचन समितिले सार्वजनिक...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...












